अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

विश्वव्यापी शासन व्यवस्था पूर्णरुपमा फेल भएको भारतीय प्रधानमन्त्री मोदीको तर्क

बिआरटीनेपाल २०७९ फागुन १९ गते ६:५१ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी शासन व्यवस्था पूर्ण रूपमा फेल भएको बताउनुुभएको छ । नयाँ दिल्लीमा आयोजित जी–२० देशका विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै मोदीले अहिले विश्वभर नै गहिरो मतभेद रहेको तर्क गरे । देशहरू विभाजनभन्दा पनि एकतामा केन्द्रित हुनुपर्नेमा उहाँको जोड छ ।

पछिल्ला केही वर्षदेखि विश्वले अर्थतन्त्रको संकट, जलवायु परिवर्तन, महामारी, आतंकवाद र युद्धजस्ता चुनौतीको सामना गरिरहेको भन्दै मोदीले यसबाट स्पष्ट रूपमा विश्वाव्यापी रूपमा सुशासन असफल भएको देखाउँने टिप्पणी गर्नुुभयो ।

उहाँले विश्वका विभिन्न मुद्दामा फरकफरक दृष्टिकोण र मदभेद भएपनि अग्रणी अर्थव्यवस्था भएका जी–२० का मुलुकले अन्य देशको अवस्थाबारे पनि चासो राख्नुपर्ने बताउनुुभयो । बैठकमा युक्रेन युद्धले सबैभन्दा बढी प्राथमिकता पाएको छ । भारतले नचाहेपनि पश्चिमा राष्ट्रहरूले युक्रेन युद्धलाई प्राथमिकतामा राखेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू