अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

जी–२० राष्ट्रका विदेशमन्त्रीको बैठक निष्कर्ष विहीन

बिआरटीनेपाल २०७९ फागुन १९ गते ६:४४ मा प्रकाशित

विश्वका ठूला अर्थतन्त्रहरुको संगठन जी–२० राष्ट्रका विदेशमन्त्रीहरुको बैठकविना निष्कर्ष टुंगिएको छ ।भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार आयोजित बैठकमा पश्चिमा देशहरुले रुस युक्रेनबाट पूर्ण रुपमा बाहिरिनु पर्ने प्रस्ताव राखेपछि निष्कर्ष विहीन रुपमा बैठक टुंगिएको हो । पश्चिमा देशहरुको प्रस्तावमा रुस र चीनले असहमति जनाएका थिए ।

बैठकमा अतिकम विकसित राष्ट्रहरुलाई सहयोग, खाद्य तथा सुरक्षा, जलवायु परिवर्तन र प्रतिआतंकवाद लगायतका विषयहरुमा भने सहमति जुटेको छ । बैठकमा बोल्ने क्रममा अमेरिका र जर्मनी लगायत पश्चिमा देशका विदेशमन्त्रीहरुले युक्रेन युद्धलाई लिएर रुसको कडा आलोचना गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभारोभले पश्चिमा देशहरुलाई ढोङ बन्द गर्न चेतावनी दिनुभएको थियो ।

उता, अमेरिकाले रुसको विवेकहीन युद्धका कारण जी–२० विदेशमन्त्रीहरुको बैठक प्रभावित भएको आरोप लगाएको छ । गत हप्ता भारतको दक्षिणी शहर बेंगलुरुमा आयोजित जी–२० राष्ट्रका अर्थमन्त्रीहरुको बैठक पनि रुस–युक्रेन युद्धका कारण विना निष्कर्ष टुंगिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू