अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

युक्रेनमा शान्ति पुनर्वहालीका लागि चीन र बेलारूसको आह्वान

बिआरटीनेपाल २०७९ फागुन १८ गते ७:१७ मा प्रकाशित

चीन र बेलारुसले युद्धग्रस्त युक्रेनमा शान्ति पुनर्वहालीका लागि आह्वान गरेका छन् ।रुसी राष्ट्रपतिका सबै भन्दा निकटका विदेशी मित्रद्वय बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार बेइजिङमा भएको भेटवार्तापछि यस्तो आह्वान गरिएको हो । रुस–युक्रेन युद्ध अन्त्यका लागि चीनले अघि सारेको १२ बुँदे प्रस्तावमा पनि बेलारुसले समर्थन जनाएको छ।

चीन र बेलारुसले युद्ध अन्त्य गरी शान्ति पुनर्वहालीका लागि तत्काल काम गर्नुपर्नेमा पनि जोड दिएका छन् । चीनका पूर्वविदेशमन्त्री वाङ यिको मस्को भ्रमण लगत्तै बेलारुसी राष्ट्रपति लुकासेन्को बेइजिङ पुग्नुभएको हो । रुसको भत्सना नगरिएको र रुसी सेना युक्रेनबाट फिर्ता हुनुपर्ने किटान नगरिएको भन्दै पश्चिमा देशहरुले भने चिनियाँ शान्ति प्रस्तावको आलोचना गरेका छन् । चीनले अघि सारेको शान्ति प्रस्ताव भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू