अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

भूकम्पपछि ४० हजारभन्दा धेरै सिरियाली शरणार्थी टर्किएबाट फर्किए

बिआरटीनेपाल २०७९ फागुन १७ गते ६:५८ मा प्रकाशित

टर्किएमा भूकम्पपछि त्यहाँ रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थी स्वेच्छाले स्वदेश फर्किएका छन् । फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्किएमा आफ्नो घर, बालबालिका र आफन्त गुमाएका सिरियाली नागरिक स्वदेश फर्किरहेको टर्किएका रक्षामन्त्री हुलुसी अकारले जानकारी दिनुभएको छ । भूकम्पपछि शरणार्थीहरूका लागि आवतजावत गर्ने यात्रा प्रतिबन्धलाई केहि खुकुलो पारिएको मन्त्री हुलुसीलाई उद्धित गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि देश छाडेका झण्डै ३५ लाख सिरियाली शरणार्थी टर्किएमा रहेका छन् । उनीहरुमध्ये १५ लाख भन्दा धेरै शरणार्थीले दक्षिणी टर्किएमा शरण लिएका छन् । टर्किए र सिरियामा भूकम्पबाट ४६ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू