अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 00:37

पाँचथरमा आगलागीमा परेर दुई जना बालककाे ज्यान गयो

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:४६ मा प्रकाशित

पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा आगलागीमा परेर दुई जना बालककाे ज्यान गएको छ ।शुक्रवार आज दिउँसो करिब २ बजे हिलिहाङ-७ यवाडाँडाका प्रेम पन्धाकको घरमा आगलागी हुँदा पन्धाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्धाक र सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको ज्यान गएको हो।

दिउँसो अभिभावक जङ्गल गएकाे समयमा उनीहरु मात्रै घरमा रहेकाे बेला आगलागी भएकाे हाे । आगलागीकाे कारण भने खुल्न नसकेकाे वडाध्यक्ष धनकुमार लिम्बूले बताउनुभयो । आगलागीबाट घर पूर्ण रुपमा जलेकाे उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू