अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

त्रिभुवन विमानस्थलमा ठूला जहाज अवतरणमा समस्या

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:३७ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ । अवतरण गर्न नसकेपछि दुईवटा जहाजले ओभरसुट गरेका छन् ।विमानस्थलमा हावाको गति बढी भएकोले अवतरण गर्न कठिनाइ भएको विमानस्थलले जनाएको छ । कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट आएका दुई वटा विमान अवतरण गर्न नसकेपछि आकाशमै घुमिरहेका छन् । हावाको गति कम भएपछि अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ठूला जहाज अवतरणमा समस्या देखिएको र अरु जहाजको उडान र अवतरण नियमित भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू