अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

तेह्रथुममा भिषण आगलागी

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:३६ मा प्रकाशित

तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातिखर्कमा आगलागी बाट ७ घर जेलेर नष्ट भएका छन् ।आगलागीमा परि धेरै क्षती भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अहिले पनि भिषण आगलागी भैरहेको छ ।आगलागीबाट हाल सम्म ७ वटा घर जलेर नष्ट भएको आगो नियन्त्रणमा खटीएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई बिष्णु प्रसाद पिठाकोटेले जानकारी दिनुभयो ।शुक्रबार दिउँसो जंगलबाट सल्कीएको आगो गाउँको विचमा रहेको माझीटार सामुदायिक वनमा सल्कीएको थियो । सो आगो हात्तिखर्क गाउँको वस्तीमा पसेर आगलागी भएको प्रहरीले जनँएको छ ।

आगो निभाउन प्रहरी र स्थानीय बासिन्दा खटीएका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको वडा अध्यक्ष कृष्ण बास्कोटाले बताउनुभयो । पानी समेत नभएकाले स्याउलाको मद्धतले आगो निभाउने कार्य भैरहेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू