अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

बिआरटीनेपाल २०७९ फागुन ११ गते ६:२७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादी अध्यक्ष नेपाल र नेता घनश्याम भुसालबीच बिहीबार भेटवार्ता भएको हो।

उहाँहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै दलहरूको दौडधुप बढेको छ।बुधबार बेलुकी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरूले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेका थिए। चुनावका बेलाको पाँचदलीय गठबन्धन राष्ट्रपति चुनावका बेला ब्युँताउने गरी दलहरूले छलफललाई तीव्रता दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू