अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

राष्ट्रपतिको निर्वाचन नजिकिंदै गर्दा रामचन्द्र पौडेलको राजनीतिक दौडधुप तीव्र

बिआरटीनेपाल २०७९ फागुन ६ गते ६:०८ मा प्रकाशित

राष्ट्रपति निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दौडधुप तीव्र पार्नु भएको छ ।संसदको सबै भन्दा ठूलो दल कांग्रेसको तर्फबाट राष्ट्रपति पदको उम्मेद्वारमा वरिष्ठ नेता पौडेलको चर्चा चलिरहेको हो । राष्ट्रपति बन्ने आशंका राख्नुभएका पौडेलले राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटवार्तालाई पछिल्ला दिनमा थप सघन बनाउनुभएको छ ।बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग भेटवार्ता गर्नुभएका पौडेलले शुक्रबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको छ । जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच भएको भेटघाटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध समेत गर्नुभएको छ ।

अध्यक्ष यादवले पनि उपराष्ट्रपतिको निर्वाचनका विषयमा चासो व्यक्त गर्नुभएको जनाइएको छ । राष्ट्रपतिको निर्वाचन र विधान अधिवेशनको तयारी लगायतका एजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक समेत बोलाएको छ ।वरिष्ठ नेता पौडेलले यसअघि प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग छलफल भेटवार्ता गरिसक्नुभएको छ । आगामी राष्ट्रपतिको लागि यहि फागनु २५ गते निर्वाचन हुँदैछ । राष्ट्रपतिमा उम्मेद्वारी मनोनयन दर्ताको समय फागुन १३ गतेका लागि तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू