अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

एमालेले सबैलाई मान्य हुने उम्मेदवार उठाउँछ- सचिव भट्ट

बिआरटीनेपाल २०७९ फागुन ४ गते ६:४३ मा प्रकाशित

नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताउनुभएको छ ।बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा भट्टले सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताउनुभयो ।अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ भन्ने सबैको चासो रहेको बताउदै उहाँले राष्ट्रपतिका लागि गठबन्धनमा भएको सहमति अनुसार चयन हुने बताउनुभयो ।

उहाँले पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँने र गठबन्धन कायम रहने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्तिलाई इंगित गरेको भन्दै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने दाबी गर्नुभयो । राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको उहाँको भनाइ छ ।

सचिव भट्टले नागरिक उन्मुक्ति पार्टीले समर्थन नगर्दा सुदूरपश्चिममा एमाले सरकार ढलेको र कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ एक मात्रै शर्त राखेको बताउँदै उहाँले मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले सरकारले चाहेर पनि तत्काल छुटाउन सक्ने अवस्था नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू