अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ झैझगडाकाे आरोपमा प्रकाउ

बिआरटीनेपाल २०७९ फागुन ३ गते ६:३२ मा प्रकाशित

नेपाल प्रहरीले हास्य कलाकार पवन खतिवडालाई मोरङबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टीकाबहादुर कार्कीले खतिवडालाई बेलबारी नगरपालिका ३ बाट पक्राउ गरेको जानकारी दिनुभयो।‘मध्यरातमा मादक पदार्थ सेवन गरी स्थानिय दुई जनासँग झैझगडा गरेको अवस्थामा उनलाई पक्राउ गरिएको डीएसपी कार्कीले बताउनुभयो । बुधबार दुइ पक्षबीच छलफल भइरहेको बताइएको छ ।

प्रहरी कला क्षेत्रमा म्याकुरीको नामले परिचित खतिवडासहित २ जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो । झैझगडा भएपछि स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। नेपाली चलचित्रहरुमा हास्य कलाकारका रुपमा अभिनय गरिरहेका खतिवडाले युट्युब च्यानल पिके भाइन्स् पनि चलाउदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू