अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:२३ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।मुख्यमन्त्री शाहले शुक्रबार नै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्नुभएको हो।नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ ।

मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको हो । नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू