अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

नेपालमा नेताहरूलाई कानुन लागेन- सांसद भण्डारी

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:०९ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरूलाई कानुन नलागेको टिप्पणी गर्नुभएको हो । शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै सांसद भण्डारीले नेपालमा कानुन लागेको भए अहिले आफूलाई भगवान् ठान्ने नेताहरू सबै जेलमा हुने बताउनुभयो । उहाँले नेपालको कानुनले नेताहरूसमक्ष आत्मसमर्पण गरेको बताउनुभयो ।

उहाँले आफूहरू लडेर ल्याएको प्रणालीमा सबै फूल फुल्न पाउने भन्दै विवेकशील साझा पार्टी लगायत वैकल्पिक शक्तिहरूले देशका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो । सांसद भण्डारीले युवा नेताहरू पार्टीमा नबोलेको प्रति असन्तोष व्यक्त गर्नुभयो । उहाँले युवाहरूले अहिले आफ्नो पार्टीमा भएको चुनौतीको समाधान गरी देश बनाउने सपना बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू