अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

सुुदुुरपश्चिमका मुख्यमन्त्री रावलद्धारा राजीनामा

बिआरटीनेपाल २०७९ माघ २६ गते ७:०१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाउनु भएको छ ।विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले राजीनामा बुझाउनु भएको हो । बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाउनु भएको प्रदेशको सचिवालयले जनाएको छ ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबार माघ २६ गतेभित्रै विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेका थिए । तर उहाँको प्रस्तावलाई बहुमत प्रदेश सभा सदस्यले अस्वीकृत गरेपछि उहाँले राजीनामा दिनुभएको हो । रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्श थाल्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू