अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

कांग्रेसबाट नै राष्ट्रपति हुने महामन्त्री शर्माको दाबी

बिआरटीनेपाल २०७९ माघ २२ गते ६:३९ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गर्नुभएको छ ।आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्तिनै राष्ट्रपति बन्ने बताउनुभएको हो ।

महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढंगले नसोच्नु पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्क समेत गर्नुभयो ।

महामन्त्री शर्माले संसदमा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा अनि आक्रोश र गालीलाई व्यक्त गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि अनुरोध गर्नुभयो । ओली कांग्रेस फोवियाबाट मुक्त हुनुपर्ने उहाँको भनाई थियो । महामन्त्री शर्माले सत्तारुढ दलहरुप्रति संकेत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे सांङ्लो बलियो बनाउने प्रयास नगर्न पनि ओलीलाई सचेत गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू