अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

फागुन २८ गतेभित्र राष्ट्रपतिको चुनाव नभए देश संवैधानिक संकटमा जानसक्छ- शेखर कोइराला

बिआरटीनेपाल २०७९ माघ १४ गते ६:५३ मा प्रकाशित

नेपाली कांग्रेसका नेता एवम् सांसद शेखर कोइरालाले फागुन २८ गते अगाडि राष्ट्रपतिको चुनाव भैसक्नुपर्ने बताउनुभएको छ । विराटनगरमा प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनमा सांसद कोइरालाले फागुन २८ गते अगाडि राष्ट्रपतिको चुनाव नभए देशमा संवैधानिक संकट आउने पनि दाबी गर्नुभयो ।उहाँले देशका लागि संविधानभन्दा माथि नभइ, संविधान मातहत रहने राष्ट्रपति आवश्यक रहेको बताउनुभयो । यसअघि सदनबाट पारित भैसकेको नागरिकता विधेयक राष्ट्रपतिले संविधान विपरीत अल्झाएको भन्दै अब संविधानलाई स्वीकारेर अघि बढ्ने राष्ट्रपति चाहिने बताउनुभयो । उहाँले राष्ट्रपति पदमा कांग्रेसले उम्मेदवारी दिने पनि बताउनुभयो ।

यस्तै फरक प्रशंगमा नेता कोइरालाले रवि लामिछानेको घटनाले यो देशमा कानुनी राज्य छ भन्ने कुरा प्रमाणित भएको भन्दै त्यसबाट सबैले पाठ सिक्नु आवश्यक रहेको बताउनुभयो । रवि लामिछानेको मुद्धामा अदालतले गरेको फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको उहाँको भनाई छ । नेता कोइरालाले कांग्रेस जुनसुकै बेला सरकारमा जान सक्ने पनि बताउनुभयो ।

“राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ”, उहाँले भन्नुभयो । नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै देश आर्थिकरुपमा कमजोर भएको बताउनुभयो । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उहाँले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू