अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 10:06

देशको राजनीति सत्ता कब्जाको खेलमा फसेको छः अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७९ माघ १४ गते ६:५० मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुक सत्ता कब्जाको राजनीतिमा फसेको बताउनुुभएको छ । अहिले राजनैतिक र संवैधानिक पद कब्जाको दाउ चलिरहेको उल्लेख गर्दै नेता नेपालले अन्ततः सत्ता कब्जा गर्ने दाउमा राजनीति फसेको टिप्पणी गर्नुभयो । मुलुकको राजनीति सत्ता कब्जाको गोल चक्करमा फसेको छ सप्तरीको राजविराजमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले ‘यो गोल चक्करबाट देशको राजनीति कसरी निस्कने त्यो चिन्ताको विषय हो।’ उहाँले भन्नुुभयो, ‘सत्ता कब्जा गर्ने दाउ चलिरहेको छ, सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने खल चलिरहेको छ।’

वर्तमान सरकार गठन भएदेखि मुलुकमा तमासाहरू भइरहेको टिप्पणी गर्दै नेपालले भन्नुुभयो ‘ अझै कति वटा तमासा आगामी दिनमा हुने हो त्यो हेर्न बाँकी नै छ।’ एमालेले राष्ट्रपति पद पाए उसलाई कसैले छुन नसक्ने नेता नेपालको भनाई छ। ‘राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन, यो कुरा माओवादीले बुझ्या छन् कि छैनन् रु’ नेपालले भने, ‘एमालेमा असहिष्णु र संकीर्ण सोच छ।’ जसपालाई अहिले सरकारमा सहभागी गराइएको छैन्। उहाँले भन्नुुभयो, ‘आफ्नो पार्टीसँग एकताका लागि वार्ता गरेकै कारण जसपालाई सरकारमा मौका नदिएको कुरा सुनेको छु। ‘जसपा नेतासँगको भेटमा एमालेका नेताले माधव नेपालसित वार्ता गरेका कारण सरकारमा मौका नदिएको कुरा बताएको विषय बाहिर आएको छ’, भन्नुुभयो, ‘यति असहिष्णु, यति संकीर्ण सोच भएकाबाट के होला ?’

नेता नेपालले काँग्रेसलाई पार्टी नै नभएको टिप्पणी गर्नुभएको छ । ‘नेपाली काँग्रेस अनुशासन पालना नगर्ने, गुटैगुटमा चिराचिरा परेको, एकले अर्काको कुरा नमान्ने विचित्रको पार्टी हो,’ नेपालले भन्नुुभयो, ‘यो पार्टीभन्दा पाटी पौवा जस्तो छ।’ राष्ट्रपतिको निर्वाचन आउन समय बाँकी रहेकाले अहिले नै उम्मेदवारका विषयमा छलफल नभएको उहाको भनाई छ । काँग्रेस वा गैर काँग्रेस को राष्ट्रपति हुने छलफलको विषय भएको बताउँदै नेपालले भन्नुुभयो, ‘सबै पद काँग्रेसलाई नै चाहिन्छ भन्ने छैन, राष्ट्रपति पनि चाहिने, प्रधानमन्त्री पनि चाहिने तर अरूको कुरा नगर्ने भएपछि त बिग्रिन्छ नि कुरा।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू