अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

पछिल्लो राजनीतिक परिस्थितिबाट आत्तिनुपर्ने अवस्था छैन, संवैधानबाटै हल निकाल्नुपर्छ- नेता नेम्वाङ

बिआरटीनेपाल २०७९ माघ १४ गते ६:३५ मा प्रकाशित

सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङले देशको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उहाँले ती समस्यालाई संविधान अन्तरगत नै हल गरेर अघि बढ्न आफूहरु सक्षम रहेको पनि पटकपटक दोहोर्याउनुुभयो । । शहीद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाई थियो । यस्तै उहाँले यही संविधान अन्तर्गत रहेर जुनसुकै समस्यालाई समाधान गर्ने पनि बताउनुभयो । अप्ठ्यारा, कमीकमजोरीका बाबजुद यीनै दल र दलका नेताहरुले देशलाई यो ठाउँसम्म ल्याई पुर्याएका  हुन् भन्दै कमीकमजोरीको बाबजुत यी र यीनै दलका नेताहरुले देशलाई एउटा सकारात्मक निष्कर्षमा पुर्याउने पनि उहाँले धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू