अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले संगठित गर्न जरुरी छ – महासचिव मोहन बैद्य

बिआरटीनेपाल २०७९ माघ १४ गते ६:३३ मा प्रकाशित

नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको बताउनुुभएको छ शनिबार काठमाडौंमा इन्द्रमोहन सिग्देलद्वारा लिखित विचारधारात्मक संघर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव बैद्यले कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको बताउनुुभयो ।

कठिन संघर्षकाबीचबाट कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्ने बेला आएको पनि बैद्यको भनाई छ । कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन विभिन्न शक्तिसँग एकताको कुरा भएपनि विप्लव नेकपा भने एकताबाट पछि हटेको उहाँको जिकिर छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू