अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

ब्राजिलका सेनाका प्रमुख जुलियो बर्खास्त

बिआरटीनेपाल २०७९ माघ ८ गते ५:३८ मा प्रकाशित

ब्राजिलका सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडा बर्खास्त हुनुभएको छ । ब्राजिलमा यहि जनवरी ८ तारिखमा भएको संसद भवन, राष्ट्रपति भवन तथा सर्वोच्च अदालतमाथिको आक्रमण रोक्न प्रभावकारी भूमिका निभाउन नसकेको आरोपमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सेना प्रमुख अरुडालाई बर्खास्त गर्नुभएको हो ।

गत डिसेम्बर ३० मा सेनाको कमाण्ड सम्हाल्नु भएका सेनाप्रमुख अरुडालाई ३ हप्तामै पदबाट हटाइएको हो। राष्ट्रपति लुइजले सशस्त्र बलका सदश्य र प्रदर्शनकारीहरुसँग मिलेर देशमा हिंसा भड्काएको आरोप लगाउँदै यसअघि पनि थुप्रै उच्च पदस्थ अधिकारीहरुलाई बर्खास्त गरिसक्नुभएको छ ।

ब्राजिलको सर्वोच्च अदालतले संसद भवनमाथिको आक्रमणकाे बारेमा छानविन गरिरहेको छ । जसमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई मुख्य योजनाकार मानिएको छ । गत अक्टोबरमा भएको राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै बोल्सोनारोका समर्थकले राजधानी ब्रासिलिया लगायत अन्य शहरहरुमा प्रदर्शन जारी नै राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू