अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

९३ औँ जन्मदिनमा अन्तरिक्षयात्री एल्डरिनको बिहे

बिआरटीनेपाल २०७९ माघ ८ गते ४:२६ मा प्रकाशित

अन्तरिक्षयात्री एड्विन एल्डरिनले आफ्नो ९३औँ जन्मदिनमा पुरानी प्रेमीका डा अन्का भी फौरसँग विवाह गर्नुभएको छ । सानो पारिवारिक जमघटका बीच आफूले लगनगाँठो कसेको एल्डरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो ।गत शुक्रबार उहाँले विवाह गर्नुभएको हो । शनिबारसम्ममा ५३ हजारले उहाँको ‘स्टेटस ’ लाई मनपराएर ‘लाइक’ र ‘लभ’ सङ्केत प्राप्त भएको थियोभने धेरैले नवदम्पतिको तस्बिर ‘पोष्ट’ गरेका थिए । प्रेमीप्रेमिका भाग्ने उमेरका युवायुवतीजस्तै आफूहरू आल्हादित भएको उहाँले उल्लेख गर्नुभएको छ ।

अन्तरिक्षयात्री निल आर्मस्टङसँगै एपोलो ११ मा चद्रयात्रा गर्नुभएका एल्डरिनले सन् १९६९ को जुलाई २० मा आर्मस्टङसँगै चद्रमाको सतहमा पाइला राख्नुभएको थियो ।चन्द्रमामा मानव पुर्‍याएर सुरक्षितरूपमा उनीहरूलाई पृथ्वीमा फर्काउने तत्कालीन राष्ट्रपति जोन एफ् केनेडीको वाचा उहाँहरूले पूरा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू