अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

उड्दै गरेकाे जहाजमा पिसाब प्रकरण : ३० लाख भारु जरिबाना

बिआरटीनेपाल २०७९ माघ ७ गते ५:५२ मा प्रकाशित

भारतको नागरिक उड्डयन प्राधिकरणले रक्सीले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एअर इन्डियालाई ३० लाख भारतीय रुपियाँ जरिबाना गराएको छ । गएकाे नोभम्बर २६ मा न्युयोर्कबाट एअर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्याङ्कर भारतीय नागरिक शङ्कर मिश्राले महिलामाथि गरेको दुर्व्यवहारविरुद्ध एअर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले याे जरिबाना गराएको हो ।

नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एअर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिबाना गराइएको छ । त्यसैगरी त्यस विमानका एकजना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ । मिश्राबाट भएको यस्ताे निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रुपमा चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू