अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

न्युजिल्याण्डमा क्रिस हिपकिन्स प्रधानमन्त्री बन्ने निश्चित

बिआरटीनेपाल २०७९ माघ ७ गते ५:४१ मा प्रकाशित

 न्युजिल्याण्डको प्रधानमन्त्रीमा क्रिस हिपकिन्स नियुक्त हुने निश्चित भएकाे छ । वर्तमान प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने घोषणा गरेसँगै हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । न्युजिल्याण्ड लेबर पार्टीका सांसद हिपकिन्सले आगामी महिनादेखि सरकारको नेतृत्व गर्ने बताउनुभएकाे हाे । क्रिस हाल प्रहरी, शिक्षा र सार्वजनिक सेवा मन्त्री रहनुभएकाे छ । सन् २०२० मा कोभिड मन्त्री नियुक्त भएका हिपकिन्स सन् २००८ मा पहिलो पटक सांसद निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

प्रधानमन्त्री बन्नुअघि उहाँको दलको प्रस्तावलाई आइतबार प्रतिनिधि सभाले औपचारिक रुपमा अनुमोदन गर्ने जनाइएकाे छ । प्रतिनिधि सभाले अनुमोदन गरे आगामी फेब्रुअरी ७ मा उहाँले सत्ताको नेतृत्व गर्ने जनाइएकाे छ । मुद्रास्फीति र बढ्दो सामाजिक असमानतालाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री आर्डर्नले राजीनामा दिएसँगै हिपकिन्सले सोही मुद्दामा थप चुनौतीको सामाना गर्नुपर्ने भएकाे छ ।

राजीनामाको घोषणाअघि प्रधानमन्त्री आर्डनले विगत ५ वर्ष आफूले मुलुकका लागि महत्वपूर्ण काम गरेको दावी गर्नुभयो । आफ्नो कार्यकालमा कोरोना महामारी, ज्यालामुख विस्फोट, मस्जिदमा आक्रमण लगायतका विभिन्न विपत्ति आइलागे पनि सहज रुपमा समाधान गरेको उहाँकाे दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू