अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

अब राष्ट्रपतिलाई ‘मिसन’ बनाएर गठबन्धन टुटाउने प्रयास गर्छाैँ : चन्द्र भण्डारी

बिआरटीनेपाल २०७९ माघ ५ गते ४:१२ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारूढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताउनुभएको छ ।आज बिहीवार संसद् भवनमा सञ्चारकर्मीसँग बाेल्दै सांसद भण्डारीले सरकार बनाउने बेला माओवादीसहितका आफूहरूको गठबन्धन टुटाएकाले अब आफूहरूले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वाभाविकै भएको तर्कसमेत गर्नुभयो ।

सांसद भण्डारीले सभामुखलाई ‘मिसन’ बनाएर सत्तारूढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अब राष्ट्रपतिलाई ‘मिसन’ बनाएर त्याे कामलाई अघि बढाउने बताउनुभयाे । उहाँले भन्नुभयो, ‘हामी चुनावमा गठबन्धनमा थियौँ । त्यो गठबन्धन टुट्यो भने अब यो गबन्धन पनि कसरी टुट्छ भनेर सोचिन्छ नि ! पहिला हामी माओवादीसहित चार वटा पार्टी गठबन्धनमा गयौँ । सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो । जसको गठबन्धन टुटेको छ, त्यसले अर्को गठबन्धन टुटाउन प्रयास गर्छ । यो राजनीतिमा आउने स्वाभाविक प्रक्रिया हो । त्यस कारण मिसन सभामुख थियो । त्यो भएन । अब मिसन राष्ट्रपति पनि हुन्छ । यसमा कुनै शङ्का नै भएन ।’सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भइरहने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू