अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

जसपा चाँडै सरकारमा आउँछः योगेश भट्टराई

बिआरटीनेपाल २०७९ माघ ५ गते ४:१० मा प्रकाशित

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताउनुभएको हो ।

उहाँले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने माग राख्नुभएको छ त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने बताउनु भयो । उहाँले वर्तमान गठबन्धन नेपाली काँग्रेस असफल भएपछि एमालले नेतृत्व गरेर नयाँ समीकरण बनेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू