अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

वित्तीय विवरण पठाउन स्थानीय तहलाई संघीय मामिला मन्त्रालयको पुनः ताकेता

बिआरटीनेपाल २०७९ माघ ५ गते ४:०६ मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई वित्तीय स्थिति विश्लेषणका लागि मागेको तथ्यांक पठाउन पुनः ताकेता गरेको छ । मन्त्रालयले यसअघि गत भदौ ५ गते सबै स्थानीय तहलाई भदौ मसान्तसम्म विवरण पठाउन आग्रह गरेको हो । तर अहिलेसम्म अधिकांश स्थानीय तहले विवरण नपठाएपछि सामान्यले फेरि ताकेता गरेको हो । मन्त्रालयले स्थानीय तहलाई आन्तरिक आय र बजेट तथा खर्च सम्बन्धी विवरण मागेको थियो ।

मन्त्रालयले तोकेता गर्दै बिहीबार एक सूचना जारी गर्दै यहि माघ मसान्तसम्म स्थानीय तहले विवरण पठाउनुपर्ने जनाएको छ । सामान्य प्रशासन मन्त्रालयले दिएको निर्देशनलाई स्थानीय तहले बेवास्ता गर्दा मन्त्रालयमा विवरण सम्बन्धी काम गर्न असहज भइरहेको मन्त्रालयका कर्मचारीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू