अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

सेवामा समस्या आएको भन्दै नेपाल टेलिकमले माग्यो माफी

बिआरटीनेपाल २०७९ माघ ४ गते ५:१८ मा प्रकाशित

हिजो मङ्गलवार कम्पनीको सेवामा समस्या आएकोप्रति नेपाल टेलिकमले माफी मागेको छ । टेलिकमले आज बुधवार विज्ञप्ति निकालेर प्राविधिक समस्याका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ ।

हिजो दिउँसो १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आउँदा केहीबेर मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा बन्द भएको र तत्कालै समाधान गरिएको टेलिकमले जनाएको छ । तर समस्या समाधान भइसकेपछि कलहरूको सङ्ख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गइ नेटवर्क कन्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकले असजिलो बेहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने पनि टेलिकमले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू