अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

निर्मला कुर्मी प्रकरणका दोषीमाथि कारबाही गर्ने गृहमन्त्री लामिछानेकाे प्रतिबद्धता

बिआरटीनेपाल २०७९ पुष ३० गते ५:०४ मा प्रकाशित

गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै माइतीघरमा धर्ना बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर धर्ना रोक्न आग्रह गर्नुभएको छ ।शनिबार माइतीघरमा पुगेर रूबी खान लगायत महिला अधिकारकर्मीलाई भेट्नुभएका गृहमन्त्री लामिछानेले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्ना रोकेर घर फर्कन आग्रह गर्नुभएको हो ।

बेपत्ता पारिएकी बाँकेकी निर्मला कुर्मीलाई सार्वजनिक गर्नुपर्ने मागसहित नेपालगन्जबाट काठमाडौं आएका महिला अधिकारकर्मीले माइतीघरमा चरणबद्ध आन्दोलन गरिरहेका छन् । उनीहरूले बाँकेकै नकुन्नी धोबीको मृत्यु प्रकरणको छानबिन र दोषीमाथि कारबाहीको माग गरिरहेका छन् ।

गृहमन्त्री लामिछानेले उनीहरूलाई धर्ना छोडेर घटनाको अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको विशेष टोलीले छानबिन गरिरहेको जानकारी गराउनुभयो । गृहमन्त्री लामिछानेसँगको भेटमा अधिकारकर्मी रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको तर, न्याय नपाउञ्जेल धर्ना नछाड्ने बताउनुभयो । उहाँले अनुसन्धानमा सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू