अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०५ | Colorodo: 11:20

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

बिआरटीनेपाल २०७९ पुष २७ गते ३:०६ मा प्रकाशित

चीनले दक्षिण कोरिया र जापानका नागरिलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ । काेराेना भाइरस (कोभिड-१९) संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ति देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो । पछिल्लो समय चीनमा कोरोना संक्रमण दर बढेपछि दक्षिण कोरिया, जापान लगायतका थुप्रै राष्ट्रले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् ।

त्यसलाई चीनले भेदभावपूर्ण ब्यवहार भन्दै आएको छ । जापानले चिनियाँहरुलाई प्रवेश दिएपनि उनीहरुमाथि कडा निगरानीको नीति लिएको छ । शून्य कोभिड नीतिबाट पछि हटेको चीनमा पछिल्ला महिनाहरुमा कोरोना संक्रमण आगो झैं फैलिएको छ । चीनले आफ्ना नागरिक तथा विदेशीका लागि अन्तर्राष्ट्रिय सीमाना खुला गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू