अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

क्यानडाद्वारा श्रीलका पूर्वराष्ट्रपतिङ्का राजापाक्ष दाजुभाइमाथि प्रतिबन्ध घोषणा

बिआरटीनेपाल २०७९ पुष २७ गते ३:०४ मा प्रकाशित

श्रीलका पूर्वराष्ट्रपतिङ्का महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो ।सन् २००९ मा महिन्दा राजापाक्ष टापु राष्ट्रको राष्ट्रप्रमुख र गोटाबायाले रक्षा मन्त्रालयको नेतृत्व गरेका बेला तमिल टाइगर्सको पृथकतावादी आन्दोलनलाई सैन्य कारबाहीका माध्यमबाट अन्त्य गरिएको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार द्वन्द्वकालमा सेनाले अन्धाधुन्ध बमबारीलगायत कारबाही गर्दा ४० हजार तमिल अल्पसङ्ख्यक मारिएका थिए ।

पश्चिमा देशले श्रीलङ्को सैनिक नेतृत्वमाथि यात्रा प्रतिबन्ध लगाएको भए पनि शक्तिशाली राजपाक्ष परिवारका सदस्यमाथि कुनै किसिमको यात्रा निषेध जारी गरेको थिएन । राजपाक्ष परिवारमाथि प्रतिबन्ध लगाउने क्यानडा पहिलो मुलुक बनेको छ ।“अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गर्नेहरूविरुद्ध अन्तर्राष्ट्रिय दण्डहीनता अन्त्य गर्न क्यानडाले आज निर्णायक कदम चालेको छ,” विदेशमन्त्री मेलानी जोलीले मङ्गलबार जारी विज्ञप्तिमा भन्नुभएको छ ।

दुवै दाजुभाइले आफूहरू पदमा रहँदा दशकौँ लामो गृहयुद्धका क्रममा भएका युद्ध अपराधको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय दबाबको प्रतिरोध गरेका थिए । सन् २०१९ मा गोटाबाया राष्ट्रपति भएका थिए । देशमा व्याप्त चरम आर्थिक सङ्कटबाट क्रुद्ध भएका नागरिकको निरन्तरको विरोध प्रदर्शन तथा सरकारी निवासमा प्रवेश गरेर आन्दोलन चर्काएपछि राजीना गरेर पलायन भएका उनी सैन्य सुरक्षाको साथ सरकारी परिसरमा बसिरहेका छन् । यसैबीच, श्रीलङ्काको विदेश मन्त्रालयले बुधबार क्यानडाका कार्यवाहक राजदूतलाई बोलाएर क्यानडाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू