अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

भारत उत्तराखण्डको जोशीमठ सहरमा चिरा पर्न थालेपछि ६८ घरपरिवारलाई सुरक्षित ठाउँमा सारियाे

बिआरटीनेपाल २०७९ पुष २६ गते ६:४४ मा प्रकाशित

भारतको उत्तराखण्डमा रहेको जोशीमठ सहरका घर र सडकहरूमा चिरा पर्न थालेपछि सरकारले ६८ घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको छ । अरू थप परिवारलाई पनि त्यहाँबाट सारिने योजना रहेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।सहरमा रहेको चार हजार पाँच सय घरमध्ये छ सयभन्दा धेरै घरहरू चर्किएकाले बढी जोखिममा रहेकाहरूलाई सुरक्षित ठाउँमा सारिएको मुख्यमन्त्री धामीले बताउनुभयो । सहरलाई नै जोखिमयुक्त क्षेत्र घोषणा गरेर पीडित परिवारलाई सुक्खा रासन र आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

जोशीमठ रहेको चामोली जिल्लाका मजिस्ट्रेट हिमांशु खुरानाले सहरको अवस्था अध्ययन र थप सहयोगका लागि सङ्घीय सरकारको दुई वटा टोली पनि सहरतर्फ आउँदै गरेको बताउनुभयो । पर्यावरणीयरूपमा नाजुक हिमाली क्षेत्रमा रहेको जोशीमठका बासिन्दाले लामो समयदेखि खतरा बढेको गुनासो गर्दै आएका थिए । गएको हप्ता एउटा राष्ट्रिय राजमार्गमा हजारौँ प्रदर्शनकारीले अवरोध पुर्‍याएपछि सरकारले सहयोग र अध्ययन सुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू