अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

ब्राजिलमा निवर्तमान राष्ट्रपति बोल्सोनारोका समर्थकहरूको प्रदर्शन उत्कर्षमा

बिआरटीनेपाल २०७९ पुष २५ गते ४:०३ मा प्रकाशित

ब्राजिलमा निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले उग्र प्रदर्शन गरेका छन् । राजधानी ब्रासिलियामा भेला भएका हजारौं समर्थकहरूले सुरक्षाकर्मीको घेरो तोड्दै संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका हुन् । हरियो र पहेलो रंगको पोशाकमा उत्रेका बोल्सोनारोका समर्थकहरूले हालै निर्वाचित लुइज इनासियो लुला डा. सिल्भाले चुनावमा धाधली गरेको आरोप लगाउँदै निर्वाचन परिणाम मान्न तयार नभएको बताएका छन् ।

ब्राजिलमा गत अक्टोबर ३० मा भएको निर्वाचनमा दक्षिणपन्थी बहालवाला राष्ट्रपति बोल्सोनारोलाई हराउँदै वामपन्थी लुला तेस्रो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । बोल्सोनारोले हालसम्म चुनावको परिणाम स्विकार गर्नुभएको छैन ।प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा प्रहरीको घेरा तोड्दै देशका संवेदनशील क्षेत्रमा धावा बोलेका छन् । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी गर्नुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका छन् ।

ब्राजिलमा भएको यस प्रदर्शनलाई अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको क्यापिटल भवनमा गरेको प्रदर्शनकै नक्कलको रूपमा हेरिएको छ । चुनावमा पराजित बोल्सोनारो भने अमेरिका पलायन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू