अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

कोराेनाका कारण बन्द गरिएको चीनको अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला

बिआरटीनेपाल २०७९ पुष २५ गते ३:५७ मा प्रकाशित

चीनले कोभिड-१९ को संक्रमण सुरू भएपछि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा आज सोमबारदेखि खुला गरेको छ । चीनले सन् २०२० को मार्चबाट बन्द गरकाे सीमा ३३ महिनापछि खुला गरेकाे हो । अब चिनियाँहरू विदेश भ्रमणमा जान र विदेशीहरू चीन भ्रमणमा जान पाउने भएका छन् । चीन जाने विदेशीहरूले क्वारिन्टिन बस्नुपर्ने छैन । तर, उनीहरूले ४८ घण्टा भित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भने प्रस्तुत गर्नुपर्ने छ । सीमा बन्द हुँदा विदेशमा फसेका लाखौं चिनियाँहरू समेत घर फर्कन पाएका थिएनन् ।

हङकङकबाट मात्रै ४ लाख बढी चिनियाँहरू तत्कालै मुख्य भूमि फर्कने तयारीमा रहेका छन् । हङकङ, मकाउ, क्वाङतोङ प्रान्तबाट डबल डेकर बसहरू यात्रु ओसार्न तयारी अवस्थामा छन् । ३ वर्षसम्म परिवार भेट्न नपाएकाहरू घर फर्कन हतारमा रहेको पाइएको छ । आगामी साता लाखौं मानिसहरू मुख्य भूमि चीन पुग्ने अनुमान गरिएको छ । चिनियाँ नयाँ वर्ष छुनयुनको अवसर पारेर चीनले अन्तर्राष्ट्रिय सीमा खुला गरेको हो ।

यो वर्षको नयाँ वर्षमा चीनमा २ अर्ब मानिसले यात्रा गर्ने अनुमान गरिएको छ । गत वर्षको भन्दा यो दोब्बर संख्या हो । शून्य कोभिड नीति लिएको चीनमा जनस्तरमा आक्रोश बढेर प्रदर्शन हुन थालेपछि सरकार कोभिड नीतिमा पुनर्विचार गर्न बाध्य भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू