अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

नाइजेरियामा ३२ जना सर्वसाधारण अपहरित

बिआरटीनेपाल २०७९ पुष २५ गते ३:५६ मा प्रकाशित

नाइजेरियामा सशस्त्र बन्दुकधारी समूहले एक रेलवे स्टेशनमा आक्रमण गरी ३२ जनाको अपहरण गरेको छ । नाइजेरियाको दक्षिणी प्रान्तको अनम्बरा प्रान्तको इकिमी रेलवे स्टेशनमा प्रवेश गरेका बन्दुकधारी समूहले रेलको प्रतीक्षामा रहेकाहरु मध्येबाट ३२ जनाको अपहरण गरेको हो । यसैबीच नाइजेरियाको सेना र प्रहरीले अपहरणमा परेकाहरुको खोजी कार्य तीब्र बनाएको छ ।

अत्याधुनिक हातहतियारसहित कारमा आएका बन्दुकधारीहरुले रेलवे स्टेशनमा कयौं राउण्ड हवाई फायर गरेपछि ३२ जनालाई साथमा लगेर भागेका हुन् । घटनामा नाइजेरियाको विद्रोही समूह बोको हरामको संलग्नता रहेका आशंका गरिएको छ। यद्दपी बोको हरामले भने याे घटनाको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू