अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२२ | Colorodo: 15:37

रूसले घोषणा गरेको ३६ घण्टे युद्धविराममा समेत युक्रेनमाथि आक्रमण

बिआरटीनेपाल २०७९ पुष २३ गते ३:५२ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अर्थोडक्स क्रिसमसको अवसरमा ३६ घण्टे युद्धविरामको घोषणा गर्नुभएकाे थियाे । तर साेही युद्धविराकाे समयमा समेत पूर्वीयुक्रेनमा थप लडाई भएकाे हाे । युक्रेनले यसअघि नै पुटिनको युद्धविराम घोषणाप्रति अविश्वास प्रकट गर्दै आएको थियो । युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकलाई युद्धमोर्चा नजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले जिकीर गर्नुभएको थियो ।

रुसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपील अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताउनुभएको थियो । रुसी अर्थोडक्स गिर्जाघरले जनवरी ७ तारिख (आज शनिबार) क्रिसमस मनाउने गरेको छ ।रुसद्वारा एकतर्फी रूपमा आह्वान गरिएको युद्धविरामको पालना युद्धग्रस्त क्षेत्रमा नभएको जनाइएकाे छ । युद्ध ग्रस्त क्षेत्रमा भएका आक्रमणमा रुसी र युक्रेनी पक्षले एक-अर्कालाई पहिले हमला सुरु गरेको आरोप लगाएका छन् । रुसी हमलामा परेर एक जना युक्रेनी उद्धारकर्ताकाे मृत्यु भएकाे छ ।

रुसी सरकारी टेलिभिजनले डोनेत्स्क शहरमा हमला भएको जनाइएको छ । रुसी रक्षा मन्त्रालयले युद्ध भएका स्थानहरूमा पूरा समय युद्धविरामलाई मनन गरिने बताएको छ । तर उसले कीभलाई रुसीहरू रहेका ठाउँ र अधिनस्थल युक्रेनी भू-भागका बस्तीमा बमबारी गरेको आरोप लगाएको छ। युद्ध विराम सुरु भएको केही समयमा नै युक्रेनभर हवाई हमलाको चेतावनी दिने साइरन बजेको युक्रेनले जनाइएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू