अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित

बिआरटीनेपाल २०७९ पुष २३ गते ३:५० मा प्रकाशित

अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित भएका छन् ।१४ पटकको मतदानमा हार बेहोरेका केभिन १५ औं पटकमा निर्वाचित हुन सफल भएका हुन् । सभामुख चयनका लागि खसेको ४ सय २८ भोट मध्ये केभिनले २ सय १६ मत प्राप्त गरेका हुन् । डेमोक्रेटिक उम्मेदवार हकिम जेफ्रिजले भने २ सय १२ मत प्राप्त गरेका छन्।

मतदानमा उपस्थित तर कतै पनि भोट नहाल्ने सांसद भने ६ जना थिए । जसलाई पक्ष र विपक्षमा नलिई ‘प्रिजेन्ट’ मा गनिन्छ । नवनिर्वाचित सभामुख म्याककार्थीले नान्सी पेलोसीलाई प्रतिस्थापन गर्नेछन् । हाउस अफ रेप्रिजेन्टेटिभ्समामा रिपब्लिकनका २ सय २२ र डेमोक्रेटिकका २ सय १२ सांसद रहेका छन् । समाभुख चुनिनका लागि २ सय १८ भोट चाहिए पनि केही रिपब्लिकन उम्मेदवार म्याककार्थीको विपक्षमा उभिएकाले १५ औं चरणसम्म मतदान गर्नुपरेको हो ।

यसअघि रिपब्लिकन सांसद म्याट गेजलगायतका प्रभावशाली नेता म्याककार्थीको विपक्षमा उभिए पनि अन्तिममा केभिनलाई मत दिन तयार भएका हुन् । अमेरिकी सभामुखको निर्वाचनको इतिहासमा १ सय ६४ वर्षयताकै यो लामो चुनाव हो। सन् १९२३ मा सभामुख चयन गर्न ९ पटक मतदान गरिएको थियो । त्यसअघि सन् १८५६ मा १ सय ३३ पटकसम्म मतदान भएको थियो । सभामुख नभएकाले नोभेम्बरमा निर्वाचित भएका सांसदले शपथ समेत लिन पनि पाएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू