अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्धविरामकाे घोषणा

बिआरटीनेपाल २०७९ पुष २२ गते ६:१९ मा प्रकाशित

युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि रुसले पहिलो पटक क्षणिक युद्धविरामकाे घोषणा गरेको छ । अर्थाेडक्स ईसाइहरुको क्रिसमस पर्वको अवसर पारेर रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आज शुक्रबारदेखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामकाे घोषणा गर्नुभएको हो । स्थानीय समय अनुसार शुक्रबार मध्याह्नदेखि सुरु हुने युद्धविराम ३६ घण्टा रहने छ । अर्थोडक्स ईसाइ र यहुदीहरुले जनवरी ७ मा क्रिसमस पर्व मनाउने भएका छन् ।

मस्कोस्थित अर्थोडक्स चर्चका प्रमुख प्याट्रियक किरिलको आग्रहमा राष्ट्रपति पुटिनले साेही पर्वलाई लक्षित गरी युद्धविरामकाे घोषणा गर्नुभएको क्रेमलिनले बताएको छ । युक्रेनले भने रुसले आफ्ना सैनिकलाई ब्यवस्थित गरी अगाडि बढाउन समय खोजेको भन्दै रुसी युद्धविरामलाई खारेज गरेको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम नहुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू