अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७९ पुष १८ गते ४:३५ मा प्रकाशित

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई गृह मन्त्रालयबाट सम्बोधन गर्दै उहाँले जनताबाट गुनासो नआउने गरी सेवा प्रवाह गर्न तथा शीतलहरलगायत विपद्जन्य घटनाबाट नागरिकको सुरक्षा गर्न निर्देशन दिनुभएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गृह प्रशासनको सेवा प्रवाह चुस्त पार्न, जाडो बढेसँगै शीतलहर तथा अन्य प्राकृतिक विपद्जन्य घटनाबाट नागरिकको जीउ ज्यान जोगाउने गरी काम गर्न निर्देशन प्राप्त भएको जानकारी दिनुभयो । गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न पनि भनेको उहाको भनाई थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू