अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

नेपाल टी–२० क्रिकेट- जनकपुरले पाेखरालाई ५ विकेटले हरायाे

बिआरटीनेपाल २०७९ पुष १० गते ४:५६ मा प्रकाशित

नेपाल टी–२० क्रिकेट लिगको आज आइतवारको दाेस्राे खेलमा जनकपुर राेयल्सले पाेखरा एभेन्जर्सलाई हराएकाे छ । त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा जनकपुरले पाेखरालाई पाँच विकेटले हरायाे । पाेखराले दिएकाे एक सय ३९ रनकाे लक्ष्य जनकपुरले १७ ओभर ४ बलमा पाँच विकेट गुमाएर भेटायाे । जनकपुरका लागि सन्दीप जाेराले नटआउट ४० र सागर पुनले ३८ रन बनाए । पाेखराका लागि अफगानिस्तानका जहिर खानले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पाेखरा १९ ओभर ४ बलमा एक सय ३८ रन बनाउँदा अलआउट भयाे । पाेखराका लागि आसिफ शेखले ५०, सिद्धान्त लाेहनीले २९ र प्रतिश जिसीले २८ रन बनाए । जनकपुरका लागि वेस्ट इन्डिजका केसरिक विलियम्सले तीन विकेट लिए ।

याे जितसँगै जनकपुर एक खेलमा दुई अङ्कसहित तेस्राे स्थानमा छ । पाेखराले भने लगातार दाेस्राे हार बेहाेरेकाे छ । छ टोली सहभागी प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । डबल राउन्डमा भइरहेको लिगमा ३४ खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू