अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

प्रतिनीधिसभाका ज्येष्ठ सदस्य जबराद्वारा सभामुखको पदभार ग्रहण

बिआरटीनेपाल २०७९ पुष ६ गते ३:३६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखको पदभार ग्रहण गर्नुभएको छ। सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर जबराले बुधबार पदभार ग्रहण गर्नुभएको हो। उहाँले त्यसअघि राष्ट्रपति निवासमा ज्येष्ठ सदस्य सभामुखको हैसियतमा पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको थियो ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा जबराले सभामुखको भूमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकालाई निष्पक्ष राख्ने प्रतिबद्धता जनाउनुभयो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरुबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने पनि उहाको भनाई छ । जबराले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिबद्धता जनानुभयो

ज्येष्ठ सदस्य सभामुख जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताउनुभयो। राप्रपाका पूर्वअध्यक्ष समेत रहेका ८१ वर्षीय जबरा प्रतिनिधिसभामा सबैभन्दा बढी उमेरका सांसद हुनुहुन्छ । गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई बिहीबार जबराले शपथग्रहण गराउनुहुने छ। संसद्ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्को अध्यक्षता गर्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू