अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराद्वारा ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण

बिआरटीनेपाल २०७९ पुष ६ गते ३:२८ मा प्रकाशित

प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज बुधवार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसद जबरालाई शपथ ग्रहण गराउनुभएको हो ।

राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ ।

संसद् सचिवालयले मङ्सिर ७ गते भाेलि बिहीवार प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ । सांसद जबराको जन्म १९९८ साल मङ्सिर २४ गते भएको संसद् सचिवालयको रेकर्डमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू