अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

माओवादी अध्यक्ष प्रचण्डद्वारा ४ बुँदे सर्कुलर जारी

बिआरटीनेपाल २०७९ पुष ५ गते ५:५२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले मातहतका कमिटीमा ४ बुँदे सर्कुलर पठाउनुभएको छ । प्रचण्डले प्रदेश इन्चार्ज र अध्यक्षलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णय अनुसार ४ बुँदे सर्कुलर पठाइएको हो ।

सर्कुलरमा पार्टीका एक जना केन्द्रीय सदस्यलाई निलम्बन गरिएको विषय समेत उल्लेख छ । पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले निलम्बन गरेको हो ।

बजगाईंले अखिल क्रान्तिकारीकी एक महिला कार्यकर्तालाई अश्लील म्यासेज पठाएको आरोप लागेको छ । माओवादीले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा सबै पालिका समिति, जिल्ला समन्वय समिति र प्रदेश समितिस्तरमा सम्पन्न गरेर पौष मसान्तभित्र अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू