अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले नयाँ सांसदलाई शपथ खुवाउने

बिआरटीनेपाल २०७९ पुष २ गते ५:४८ मा प्रकाशित

मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शपथ खुवाउनुहुने भएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका १६५ र समानुपातिकबाट चुनिएका ११० सांसदहरुमा प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य केसीले सपथ खुवाउने जनाईएको छ ।

विक्रम संवत १९९८ माघ २० गते जन्मिएका केसी ८० बर्ष पुरा हुनुभएको छ ।। प्रतिनिधिसभाका अर्का सदस्य महिन्द्र राय यादवको नागरिकता अनुसार उहाँ ८५ बर्षका भएपनि उहाँले सपथ नखुवाउने बताईएको छ । रायको नागरिकता अनुसार उहाँको जम्ममिति विक्रम संवत १९९४ बैशाख २४ गते छ। उहाँअहिले ८५ बर्ष पुग्नुभएको छ तर नागरिकतामा भएको मिति भन्दा आफु ५ बर्ष कान्छो भएको भन्दै उहाँले सपथ नखुवाउने बताउनुभएको हो ।

केसी भन्दा केहि दिन र बर्षले मात्रै कान्छा सांसदहरुमा पशुपति शमशेर जवरा र महन्थ ठाकुर पनि छन्। जबरा विक्रम संवत १९९९ बैशाख २५ गते जन्मिनुभएको हो उहाँ पनि ८० बर्षको हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू