अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

युक्रेनलाई पुनर्निर्माणका लागि एक अर्ब युरो सहयाेग गर्ने पेरिस सम्मेलनकाे प्रतिबद्धता

बिआरटीनेपाल २०७९ मंसिर २८ गते ५:२३ मा प्रकाशित

रुस–युक्रेन युद्धका कारण युक्रेनमा क्षतिग्रस्त भएका संरचनाकाे पुनर्निर्माणका लागि सहयोग जुटाउन फ्रान्समा अन्तर्राष्ट्रिय सम्मेलन भएको छ ।

पेरिसमा भएको यो सम्मेलनले युक्रेनका लागि झण्डै एक अर्ब युरो सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देश युक्रेनलाई सहयोग गर्ने निर्णय गरेको फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले सार्वजनिक गर्नुभएको छ ।

यो सहयोग नयाँ प्रतिबद्धतामध्ये एक रहेको र ऋण नभइ उपहार रहेको उहाँको भनाइ छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले राजनीतिज्ञ, सहायता निकाय तथा विभिन्न कम्पनीको भेला आह्वान गर्नुभएको थियो । राष्ट्रपति म्याक्रोनले युक्रेनलाई समर्थन गर्न आउँदा दिनमा पनि निरन्तर प्रयास गर्ने वाचा गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू