अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

आणविक फ्युजनमार्फत् ऊर्जा उत्पादनमा अमेरिकी वैज्ञानिकलाई ऐतिहासिक सफलता

बिआरटीनेपाल २०७९ मंसिर २८ गते ५:२१ मा प्रकाशित

आणविक फ्युजनमार्फत् ऊर्जा उत्पादन गर्ने प्रयासमा अमेरिकी वैज्ञानिकहरूले ऐतिहासिक सफलता प्राप्त गरेका छन् । आणविक योग अर्थात् फ्युजनमार्फत ऊर्जा उत्पादनमा ठूलो सफलता प्राप्त भएको वैज्ञानिकको दाबी छ ।यो प्रयोग क्यालिफोर्नियाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा नेश्नल इग्निशन फेसिलिटीमा गरिएको थियो । प्रयोगबाट वैज्ञानिकहरूले बहुप्रतिक्षित परमाणु फ्युजनमा सफलता हासिल गरेका अमेरिकी ऊर्जा विभागले जनाएको छ ।

प्रयोगको नतिजा जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्न मद्दत गर्न सक्ने स्वच्छ ऊर्जाको स्रोतका लागि ठूलो कदम मानिएको बीबीसीले जनाएको छ । अन्वेषकहरूले दशकौँदेखि आणविक फ्युजन पुनः सिर्जना गर्ने प्रयास गरेका थिए । यो परीक्षणमार्फत् वैज्ञानिकहरु केही किट्ली पानी तताउन पुग्ने ऊर्जा उत्पादन गर्न सफल भएका छन् तर, आणविक फ्युजनबाट प्राप्त हुने ऊर्जा घरघरमा प्रयोगमा आउन भने निकै समय लाग्ने विज्ञहरुको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू