अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

ब्राजिलमा पूर्वराष्ट्रपतिका समर्थक र प्रहरीबीच झडप हुँदा दर्जनौं घाइते

बिआरटीनेपाल २०७९ मंसिर २८ गते ४:५१ मा प्रकाशित

ब्राजिलमा सत्ताबाट बाहिरिन लागेका दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले राजधानी ब्रासिलियास्थित संघीय प्रहरी प्रधान कार्यालयमा आक्रमणको प्रयास गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीड आदिवासी नेता जोसे एकासियो सेरेरे जाभान्तेलाई थुनिएको संघीय प्रहरी भवनमा प्रवेश गर्न खोज्दा प्रहरीसँग भिडन्त भएको हो । प्रदर्शकारीहरुले थुप्रै निजी र सरकारी सवारी साधनमा आगजनी गर्नुका साथै सडक समेत अवरुद्ध गर्दा जनजीवन अस्तब्यस्त बनेको छ ।

बोल्सोनारो समर्थित एक जना आदिवासी नेतालाई प्रहरीले गिरफतार गरेपछि आन्दोलन चर्केको हो । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो भिडन्त हुँदा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । बोल्सोनारोलाई गत महिनाको चुनावमा उहाँका वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भाले पराजित गर्नुभएको थियो । यद्दपी बोल्सोनारोका केही समर्थकले चुनावी पराजय अस्वीकार गर्दै आएका छन् । ब्राजिलको सर्वोच्च अदालतका न्यायधिश अलेक्जान्द्रे डी मोराएसले प्रजातन्त्र विपरीत गतिविधि गरेको आरोप लगाउँदै आदिवासी नेतालाई १० दिन प्रहरी हिरासतमा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू