अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 20:51

कंगोमा बाढी पहिरोमा परी १ सय बढीको मृत्यु, हजारौं मानिस घरबार बिहीन

बिआरटीनेपाल २०७९ मंसिर २८ गते ४:५० मा प्रकाशित

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा भारी वर्षा भएपछि आएको बाढी पहिरोमा १ सय जना भन्दा बढीको मानिसकाे मृत्यु भएको छ । कंगोकोे राजधानी किन्सासाका विभिन्न जिल्लाका सयौं घरहरू भत्कनुका साथै डुबानामा परेकाले हजारौं मानिसहरू घरबारबिहीन भएका हुन् । राजधानी किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका अधिकांश घरहरू पहिरोले पुरिएका छन् । नदीको बाढी बस्तीमा समेत पस्दा त्यहाँका सर्वसाधारणको बिचल्ली भएको छ ।

कंगोका प्रधानमन्त्री जिन मिशेल सामा लुकोन्डोले घटनाप्रति दु:ख व्यक्त गर्दै उद्धारकार्य तीब्र गतिमा भइरहेको जानकारी दिनुभयो । भारी वर्षा अझै जारी रहेको र भग्नावशेषमा पुरिएकाहरूकोे उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । किन्सासाको २४ वटा इलाकामा १ करोड २० लाख मानिसको बसोबास रहेको छ । त्यहाँका अधिकांश घरहरू डुबानमा पर्नुका साथै सडकहरू समेत भासिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू