अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

हवाई सुरक्षा प्रणाली प्याट्रिएट युक्रेनलाई दिने अमेरिकाकाे तयारी

बिआरटीनेपाल २०७९ मंसिर २८ गते ४:४८ मा प्रकाशित

अमेरिकाले उच्च प्रविधियुक्त हवाई सुरक्षा प्रणाली प्याट्रिएट युक्रेनलाई दिने तयारी गरेको छ । रुसी क्षेप्यास्त्र खसाल्नका लागि युक्रेनले बारम्बार माग गर्दै आएको एयर डिफेन्स सिस्टम दिने निर्णयमा अमेरिका पुगेको हो । अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले प्याट्रिएट युक्रेनलाई उपलब्ध गराउने घोषणा छिट्टै हुने उल्लेख गरेको छ ।

पश्चिमा देशहरुले युक्रेनलाई अहिलेसम्म उपलब्ध गराएका हतियारहरुमा प्याट्रिएट सबै भन्दा प्रविधियुक्त र आधुनिक हुने बताइएको छ । प्याट्रिएट सुरक्षा प्रणालीबाट युक्रेनले अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गर्न सक्ने भन्दै अमेरिकी रक्षा अधिकारीहरुले रुसी चुनौती सामना गर्न सहज हुने दावी गरेका छन् ।

यता, रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले भने प्याट्रिएट सुरक्षा प्रणाली युक्रेनलाई दिने गल्ती नगर्न नाटोलाई चेतावनी दिनुभएको छ । त्यसो भयो भने युक्रेन युद्ध नसोचेको मोडमा पुग्ने रुसले चेतावनी दिएकाे छ । अमेरिकाले अहिलेसम्म करिब २० अर्ब डलर बराबरको सैन्य सहयोग युक्रेनलाई गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू