अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

इरानमा अर्का युवकलाई पनि दिइयो फाँसी

बिआरटीनेपाल २०७९ मंसिर २७ गते ५:१९ मा प्रकाशित

इरानमा सरकार विरोधी प्रदर्शनमा संलग्न अर्का एक युवकलाई मृत्युदण्डको सजाय दिइएको छ । इरानको मशहद सहरमा माजिद्रेजा रहनावार्ड नाम गरेका युवकलाई सार्वजनिक रूपमा फाँसी दिइएको हो ।इरानमा सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित यो दोस्रो फाँसी हो ।

रहनावार्डले अर्धसैनिक प्रतिरोधी बलका दुई सदस्यलाई छुरा प्रहार गरेको खुलासा भएपछि अदालतले उनलाई भगवानविरुद्धको शत्रुताको आरोपमा दोषी ठहर गरेको हो ।यस्तै, सामान्य प्रक्रिया समेत पूरा नगरी मृत्युदण्ड दिएको भन्दै मानव अधिकार समूहहरूले ब्यापक बिरोध गरेका छन् ।

इरानमा प्रदर्शन भने जारी नै छ । प्रदर्शनकारीहरुले पछिल्लो समय सरकारको क्रुरताको बिरोध गदै नाराबाजी गरेका छन् । पहिरन मापदण्ड पालना नगरको आरोपमा पक्राउ परेकी एक युवतीको हिरासतमा मृत्यु भएपछि चर्केको आन्दोलन अझै मत्थर हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू