अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

भारतीय र चिनियाँ सैनिकबीच झडप, दुवैतर्फ सैनिकहरु घाइते

बिआरटीनेपाल २०७९ मंसिर २७ गते ५:१८ मा प्रकाशित

भारतीय र चिनियाँ सैनिकबीच फेरि झडप भएको छ । अरुणाचल प्रदेशको हिमाली भेग थवाङमा दुई देशका सैनिकबीच गत शुक्रबार झडप भएको खुलासा भएको हो ।घटनामा दुवैतर्फ सैनिकहरु घाइते भएको तर हताहति नभएको खबर छ ।चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशको हिमाली क्षेत्र थवाङमा चिनियाँ सैनिकहरु भारतफर्त प्रवेश गर्न खोजेपछि गत शुक्रबार झडप भएको खुलासा भएको हो ।

१७ हजार फिटको उचाईबाट चिनियाँ सैनिकले सिमा पार गर्न खोजेपछि झडप भएको भारतीय संचार माध्यमहरुको भनाइ छ । तीन सयको संख्यामा रहेका चिनियाँ सैनिकलाई भारतीय सेनाले लखेटेको दाबी पनि भारतीय सञ्चार माध्यमले गरेका छन् ।

गत वर्ष अक्टुबरमा पनि सोही क्षेत्रमा दुई देशका सेनाबीच झडप भएको थियो । सन् २०२० को अगस्टमा पनि भारतीय र चिनियाँ सैनिकबीच गलवान उपत्यकामा झडप भएको थियो । सोही वर्ष मे मा लद्दाखमा झडप हुँदा दुवैतर्फका सैनिकहरु मारिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू